Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाललाई ७ सय करोड अनुदान दिने भारतको घोषणा

नेपाललाई ७ सय करोड अनुदान दिने भारतको घोषणा

अर्थ प्लस
नेपाललाई ७ सय करोड अनुदान दिने भारतको घोषणा

काठमाडौं ।  भारतले नेपालका लागि ७ सय करोड अनुदान दिने घोषणा गरेको छ । आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट बक्तब्यमार्फत ७ सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।

 मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

सम्बन्धित समाचार