Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

२०८१,माघ २१ गते

काठमाडौं। अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

तथ्यांकअनुसार जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, अन्य एशियाली मुलुकबाट २० हजार ३९१, युरोपियन मुलुकबाट १० हजार ३६७ र अमेरिकन मुलुकबाट ९ हजार ६३७ जना पर्यटक नेपाल घुम्न आएका छन् । 

त्यस्तै, सो अवधिमा मध्यपूर्वबाट ६८५ अफ्रिकाबाट २९२ र अष्ट्रेलिया र न्यूजिल्यान्डबाट ४ हजार ५८१ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

अघिल्लो वर्षको जनवरीमा ७९ हजार १ सय जना पर्यटक नेपाल घुम्न आएका थिए भने कोरोना महामारीको पूर्व सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

 

 

सम्बन्धित समाचार