काठमाडौं, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘नेपाल एउटा समृद्ध देश हुनुपर्दछ । तीन वटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पुर्खाहरूको देश हो । सधैँ स्वाधीन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्दछ । यसको भूगोल समृद्ध हुनसक्दछ । हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरू छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो ।’
ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्धि नेपाल, सुखी नेपाली रहेको समेत बताए ।
