Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

टेलिकमलाई निरन्तर सञ्चालन गर्न वार्षिक ६ अर्ब लगानी आवश्यक

टेलिकमलाई निरन्तर सञ्चालन गर्न वार्षिक ६ अर्ब लगानी आवश्यक

टेलिकमलाई निरन्तर सञ्चालन गर्न वार्षिक ६ अर्ब लगानी आवश्यक

२०८१,माघ २२ गते

काठमाडौँ। टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ ।

घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरूको भविष्यसमेत सुखद नदेखिएको जानकारहरू बताउँछन् ।

कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । 

ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिच्किचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरुको बुझाइ छ । 

तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरूले सन् २००८ देखि २०१६ सम्मको अवधिमा पुँजीगत खर्चमा जोड दिएको देखिन्छ ।

यस अवधिलाई पुँजीगत खर्चका हिसाबले ‘हाइपर ग्रोथ’ भन्न सकिने विज्ञ बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल त्यो समय टेलिकम कम्पनीका लागि लगानीको समय थियो । 

पुँजीगत खर्चको अवस्था सन् २०१७ सम्म पनि राम्रै थियो । त्यसपछि भने आम्दानीसँगै आवश्यक पुँजीगत खर्च पनि घट्न थालेको उनको बुझाइ छ । 

हाल सञ्चालनमा रहेको दुई वटा टेलिकम कम्पनीको आर्थिक वर्ष २०७३/७४ मा रु ९७ अर्ब ३० करोड थियो । आ.व २०७४/७५ मा आइपुग्दा एक दशमलव ४४ प्रतिशतले बढेर रु ९८ अर्ब ७१ करोड पुगेकामा त्यसयता आम्दानी निरन्तर ओरालो लागेको छ । 

नेपाल दूरसञ्चार प्राधिकणका अनुसार आ.व २०७४/७५ को तुलनामा आ.व २०७९/८० मा आइपुग्दा करिब २६ प्रतिशतले ओरालो लागेर रु ७३ अर्ब १४ करोडमा सीमित भएको छ ।   

सम्बन्धित समाचार