Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको  सहकार्य

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको  सहकार्य

विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको  सहकार्य

२०८१,माघ २२ गते

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सोसंग सम्वन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रा.लि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।

नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्टस एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्टस च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रिका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेशनलका निर्देशक दिपक थापाले हस्ताक्षर गर्नुभएको छ । सो हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राको सहभागिता थियो । 

चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरुको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ ।

चेम्बरसंग गरिएको सम्झौतापछि सरोकारवाला सवै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्पुर्ण उपलव्धी हासिल हुने अपेक्षा गरिएको छ । दोस्रो नेपाल स्पोर्टस कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुती लगायतका कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।
 

 

सम्बन्धित समाचार