Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

 बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

 बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

अर्थ प्लस
 बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो । 

जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार