Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

अर्थ प्लस
आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता)  धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन राष्ट्र बैंकले आज उल्लिखित रकम निकाल्न लागेको हो ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २० दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार