Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बोटलर्स नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा

बोटलर्स नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा

बोटलर्स नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा

२०८१,माघ २५ गते
काठमाडौं। बोटलर्स नेपाल (तराई) लिमिटेडको गत पुस २६ गते बसेको ३८औँ वार्षिक साधारण सभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाएको जनाएको छ।

हितग्राही खातामा सेयरधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत् माघ ६ गतेदेखि नै नगद लाभांश पठाइएको कम्पनीले जनाएको हो । साथै लाभांश रकम सिँधै बैंक खातामा नै पठाइने व्यवस्था भएकाले डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ।

त्यस्तै, सेयर धितो राखेर कर्जा लिएका सेयरधनीको हकमा कर्जा लिएको वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र पेस गरेपछि मात्रै नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइने जनाइएको छ ।

सम्बन्धित समाचार