Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालमा एमएडब्लू अर्थमुभर्सले ल्यायो जेसिबी NXT सिरिजका मेकानिकल एक्साभेटरहरू 

नेपालमा एमएडब्लू अर्थमुभर्सले ल्यायो जेसिबी NXT सिरिजका मेकानिकल एक्साभेटरहरू 

नेपालमा एमएडब्लू अर्थमुभर्सले ल्यायो जेसिबी NXT सिरिजका मेकानिकल एक्साभेटरहरू 

२०८१,फागुन ६ गते
काठमाडौँ। एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले JCB इन्डियासँगको सहकार्यमा JCB  NXT सिरिजका नवीनतम एक्साभेटरहरू 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सार्वजनिक गर्ने भएको छ । 

ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना हुने भव्य सार्वजनिक समारोहमा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरूसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहनेछ।

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ भने उक्त प्रदर्शनी पश्चात्  JCB  एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिनेछ। 

कार्यक्रममा JCB  इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहने छ।

‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने  JCB  को प्रतिबद्धतामा प्रकाश पार्नेछ।

JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ। 

उक्त उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

JCB NXT शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने JCB को समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का छ।

सम्बन्धित समाचार