Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

१० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउँदै सरकार

१० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउँदै सरकार

अर्थ प्लस
१० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउँदै सरकार

काठमाडाैं । सरकारले बजारबाट १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउने भएकाे छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नौ वर्षको लागि १० अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउने भएकाे हाे ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै फागुन ८ गते ‘विकास ऋणपत्र २०९०’ बिक्री खुला हुने उल्लेख गरेको छ । सरकारको ऋण व्यवस्थापन सार्वजनिक ऋण व्यवस्थापन कार्यालय गरिरहेको छ ।

ऋण नौ वर्षको लागि उठाउने भएकाे हाे । यो ऋणपत्रको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइट डिओएमएस डट जिओभी डट एनपीबाट आवेदन दिन सकिन्छ । यसमा बैंक तथा वित्तीय संस्था लगातका विभिन्न संस्था सहित नेपाली नागरिकले पनि आवेदन दिन पाउँछन् ।

बैंक तथा वित्तीय संस्थाहरूले ८५ प्रतिशत बराबर ऋणपत्रमा र १५ प्रतिशत ऋणपत्रमा सर्वसाधारण नेपालीले आवदन दिन सक्छन् ।

सम्बन्धित समाचार