Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जगदम्बा मोटर्सले ल्यायो ‘प्रोटोन इमास-७’ कहिले बाट सुरु हुदैछ बिक्री  ?

जगदम्बा मोटर्सले ल्यायो ‘प्रोटोन इमास-७’ कहिले बाट सुरु हुदैछ बिक्री  ?

जगदम्बा मोटर्सले ल्यायो ‘प्रोटोन इमास-७’ कहिले बाट सुरु हुदैछ बिक्री  ?

२०८१,फागुन ७ गते

काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोन इमास-७ ल्यायको छ । कम्पनीले काठमाडौंमा कार्यक्रम आयोजना गरेर इमास-७ देखाएको हो । अन्तर्राष्ट्रिय बजारमा जिलीको ग्यालेक्सी ई-५ नामले बिक्री भइरहेको एसयूभी नेपालमा भने प्रोटोन ब्राण्डमा आएको हो । आगामी मार्चको २१ तारिकबाट बिक्री सुरु हुने प्रोटोन इमासको टेक्नोलोजी र गाडीको बारेमा जानकारी दिइएको थियो । 

यो ईभी पहिला नै प्रोटोनको उपस्थिति रहेको देशमा प्रोटोन र अन्य देशहरुमा भने जिलीको ब्राण्डमा बिक्री हुनेछ । आज देखाइएको इमास-७ प्राइम र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध हुनेछ ।

इमास-७ प्राइममा ४९.५२ किलोवाट आवरको ब्याट्री छ । यसको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको एजिज सर्ट ब्लेड ब्याट्री दिइएको छ ।

अन्य ब्लेड ब्याट्रीभन्दा धेरै इनर्जी डेन्सीटी भएकोले इमास-७ प्राइम भेरियन्टले ३४५ र प्रिमियम भेरियन्टले ४१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरको छ ।

प्रोटोन इमास-७ को प्रिमियम भेरियन्टमा १९ इन्चको अलोय ह्वील, १६ वटा स्पीकर सहितको साउण्ड सिस्टम, हेडअप डिस्प्ले, भेन्टीलेटेड फ्रन्ट सिट जस्ता फिचर पाउन सकिन्छ ।

जगदम्बा मोटर्सले इमास-७ प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सम्बन्धित समाचार