Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वीरगञ्ज भन्सारद्वारा सात महिनामा ९४ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा सात महिनामा ९४ अर्ब ५२ करोड राजस्व सङ्कलन

अर्थ प्लस
वीरगञ्ज भन्सारद्वारा सात महिनामा ९४ अर्ब ५२ करोड राजस्व सङ्कलन

पर्सा, फागुन ९ । वीरगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो गएको आर्थिक वर्षको यही अवधिमा सङ्कलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो । कार्यालयले सात महिनामा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । गएको साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठेको थियो ।

सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार