Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

डायमण्ड कोटिङदेखि नगद छुट अफर गर्दै पोखरामा खुल्यो दीपलको शोरुम

डायमण्ड कोटिङदेखि नगद छुट अफर गर्दै पोखरामा खुल्यो दीपलको शोरुम

डायमण्ड कोटिङदेखि नगद छुट अफर गर्दै पोखरामा खुल्यो दीपलको शोरुम

२०८१,फागुन ११ गते

पोखरा । नेपालका लागि चांगान तथा दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पोखराको चौथेमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दीपल ईभीको नयाँ एक्सपिरियन्स दिलाउन ‘स्टेट अफ दी आर्ट’ शोरुम संचालनमा ल्याएको हो ।

दीपलको नयाँ शोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन ९नाडा०का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नयाँ शोरुम संचालनमा ल्याएसँगै संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई-०७ को पनि बिक्री सुरु गरिएको थियो।

पोखरामा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । जहाँ दीपल ई-०७, एस-०७ र एल-०७ टेस्ट ड्राइभ गर्न सकिनेछ ।

‘टेस्ट ड्राइभ दी फ्युचर’ नाम दिइएको क्याम्पमा ग्राहकले निःशुल्क डाइमण्ड कोटिंग, ७ किलोवाटको चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मुल्याङ्कन दिने जनाएको छ ।

यसका अलावा हरेक टेस्ट ड्राइभमा दीपलको तर्फबाट सबैलाई उपहार दिने कम्पनीको भनाइ छ ।

 

सम्बन्धित समाचार