Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि हुने

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि हुने

अर्थ प्लस
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोलि हुने

काठमाडौं, फागुन १२ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भाेलि गर्ने भएको छ । मौद्रिक नीतिको अन्तिम तयारी भइरहेकाे राष्ट्र बैंकका एक उच्च कर्मचारीले बताए ।

‘भोलि आउने सम्भावना छ,’ उनले भने, ‘भाेलि ल्याउने गरी तयारी भइरहेकाेछ ।’

गत वर्ष माघ २९ गते नै आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यसपाली भने केही ढिलाे भएकाे छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अर्थमन्त्रालयमा सचिव हेरफेर र अर्थमन्त्री विष्णु पौडेल घाइते भएपछि ढिलो हुन पुगेको हो ।

दोश्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा ल्याउनुपर्ने हुन्छ । फागुन १५ गतेसम्मको समय भएपनि पर्सी १४ गते शिवरात्री सार्वजनिक विदा भएकाले राष्ट्र बैंकले भाेलि अर्थात १३ गते नै ल्याउन लागेकाे हाे ।

गभर्नरको महाप्रसाद अधिकारीको अन्तिम समीक्षा भएकाले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सकारात्मक आउने अपेक्षा गरिएको छ । अधिकारीले जाँदाजाँदै केही राहात दिने नीति ल्याउने लगानीकर्ताहरुको अनुमान छ ।

सम्बन्धित समाचार