Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

महिन्द्रा केयर फेस्ट आयोजना हुँदै, स्पेयर पार्टस्हरूमा ५० प्रतिशत छुटदेखि उपहारसम्म दिइने

महिन्द्रा केयर फेस्ट आयोजना हुँदै, स्पेयर पार्टस्हरूमा ५० प्रतिशत छुटदेखि उपहारसम्म दिइने

महिन्द्रा केयर फेस्ट आयोजना हुँदै, स्पेयर पार्टस्हरूमा ५० प्रतिशत छुटदेखि उपहारसम्म दिइने

२०८१,फागुन १३ गते
काठमाडौँ। महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि. ले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी रूपमा महिन्द्र केयर फेस्ट आयोजना गर्ने भएको हो ।

सोअवधिमा ४५–पोईन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, Maximile लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिनेछ ।

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सकिनेछ ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा.लि.ले उक्त केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ ।

साथै महिन्द्राका सर्टिफाइड Pre-Owned गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौँ, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध छ । 

साथै, ग्राहकहरूलाई केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरूः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न कम्पनीको आग्रह छ । 

सम्बन्धित समाचार