Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको घुइँचो

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको घुइँचो

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको घुइँचो

२०८१,फागुन १४ गते

काठमाडौं। महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् ।

भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । 

सम्बन्धित समाचार