Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

बीवाईडी हाई–टेक विक सुरु, नेपाली सडकमा नगुडेका ५ नयाँ मोडल सार्वजनिक

बीवाईडी हाई–टेक विक सुरु, नेपाली सडकमा नगुडेका ५ नयाँ मोडल सार्वजनिक

बीवाईडी हाई–टेक विक सुरु, नेपाली सडकमा नगुडेका ५ नयाँ मोडल सार्वजनिक

२०८१,फागुन १५ गते

काठमाडौं । विश्वकै प्रमुख मध्येको विद्युतीय सवारी निर्माता बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंमा हाई–टेक विक आयोजना गरेको छ । फागुन १५ देखि १८ गतेसम्म बीवाईडी हाइ–टेक विक चल्ने छ ।

काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटेल परिसरमा आयोजना गरिएको कार्यक्रममा बीवाईडीका शक्तिशाली गाडी र कम्पनीको अत्याधुनिक प्रविधि प्रदर्शनीमा राखिएको छ ।

नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यो कार्यक्रमले इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने जनाएको छ ।

हाइ–टेक विक घोषणासम्बन्धी कार्यक्रममा बुधबार साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यो महत्त्वपूर्ण इभेन्ट हुने बताइन् । बीवाईडीका गाडीको प्रविधि, गुणस्तर र दिगोपनालाई हाइ–टेक विकले झल्काउने उनले बताइन् ।

विश्वकै अत्याधुनिक बीवाईडीको प्योर ईभी–प्लेटफर्म ३.० र ई ४ मा बनेका गाडीहरू पनि इभेन्टमा अनुभवन गर्न सकिन्छ । जसमा बीवाईडीको डेन्जा डी ९ मल्टिप्रपज भेहिकल र हाइब्रिड अफरोड नेक्स्ट–जेन लक्जरी स्मार्ट पिअप बीवाईडी सार्क ६ छ ।

यस्तै, बीवाईडीले टेक्नोलोजि मार्भल भनेको डेन्जा जेड ९ जीटी, डीएमओ सुपर हाइब्रिड अफरोकड प्लेटफर्मको बाओ ५ गाडी, कार्यक्रममा बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ) र डिसस–पी एवं ई४ प्लेटफर्मको फ्युचर अफ इन्टेलिजेन्ट सस्पेन्सन गाडी याङवाङ यू ८ गाडी प्रदर्शनीमा छन् ।

एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिबारे लाइभ जानकारी मिल्छ । यस्तै, चारदिने हाइ–टेक विकमा पर्फमेन्स र सस्टेनेबिलिटीका लागि चिनिइरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने नेक्स्ट–जेन भेइकलहरू पनि प्रदर्शनीमा छन् ।

स्मार्ट मोबिलिटीको भविष्य झल्काउने रियल–टाइम टेक्नोलोजी डेमो पनि इभेन्टमा छ । यस्तै, पछिल्लो समयको ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्यबारे उद्योग लिडर, इन्जिनियर तथा सस्टेनेबिलिटी एड्भोकेटसँग एक्सपर्ट टक एवं प्यानल डिस्कसन कार्यक्रम पनि हाइ–टेक विकमा छ ।

बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

480704483_1150469290418749_5607793094204637589_n-1024x684.jpg
undefined

 

480729602_1150469310418747_8614037269986551868_n-1024x684.jpg
undefined
481180456_1150469287085416_4795684172374807877_n-1-1024x684.jpg
undefined
481664790_1150469230418755_6871721907133246704_n-1024x684.jpg
undefined
481180146_1150469217085423_3409391771934382272_n-1024x684.jpg
undefined

सम्बन्धित समाचार