Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
अटो

चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी एआईओएन वाई, मूल्य ५४ लाख ९९ हजार रुपैयाँ

चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी एआईओएन वाई, मूल्य ५४ लाख ९९ हजार रुपैयाँ

चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी एआईओएन वाई, मूल्य ५४ लाख ९९ हजार रुपैयाँ

काठमाडौं, फागुन २ । व्यवसायिक घराना चौधरी ग्रुपले विद्युतीय सवारी एआईओएन वाई नेपालमा सार्वजनिक गरेको छ ।  हिजो मंगलबार थापाथलीस्थित सोरुमबाट उक्त विद्युतिय सवारी सार्वजनिक गरेको हो ।  एआईओएन वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको छ ।  पछिल्लो समय चौधरी ग्रुप विद्युतीय सवारी बिक्रीवितरणमा आक्रामक बन्दै गएको छ ।

चोधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गथापथपलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै पहिलो सोरुम पनि सञ्चालन गरेको उद्घोष गरे । 

cg nepal1.JPG

प्रबन्ध निर्देशक चौधरीले विद्युतिय गाडीको नेपाली बजार ठूलो सम्भावना रहेको बताए । विश्व बजारमा नेपालले विद्युतिय गाडीका लागि बनाएको ऐनको खुलेर प्रशंसा हुने गरेको बताए । जसले ठूलो संख्यामा विद्युतिय गाडीको ब्यापार बढेको उनले बताए । 

एआईओएन वाई मा अत्याधुनिक ब्याट्रीको प्रयोग गरिएको छ । गाडीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ। 

cg- nepal.JPG

यसमा २७५० एमएमको हृवीलवेस पाउन सकिन्छ । कम्पनीले यसमा १०।२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४।६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि पाइनेछ ।

 चौधरी ग्रुपले यसअघि नेटा भी विद्युतीय सवारी पनि बजारमा ल्याइसकेको छ ।

सम्बन्धित समाचार