Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कजारिया टाइलको नयाँ सोरुम काठमाडौँको सतुंगलमा, नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्य

कजारिया टाइलको नयाँ सोरुम काठमाडौँको सतुंगलमा, नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्य

अर्थ प्लस
कजारिया टाइलको नयाँ सोरुम काठमाडौँको सतुंगलमा, नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्य

आइतवार, फागुन १८ २०८१
काठमाडौँ । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै सतुंगल, काठमाडौँमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । एक समारोहबिच चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष नरेद्रराज श्रेष्ठले रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

उनले भने, “काठमाडौँ कजारियाका लागि एक प्रमुख बजार रहि आएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ । हामी आफ्ना नवीनतम् र मजबुत उत्पादनहरूलाई ग्राहकहरूसम्म नजिक ल्याउन पाउँदा खुशी छौँ ।”

काठमाडौँको महत्त्वपूर्ण क्षेत्र रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ ।

सम्बन्धित समाचार