Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाली नोट छपाई तथा आपूर्तिका लागि आधा दर्जन विदेशी कम्पनी छनोट

नेपाली नोट छपाई तथा आपूर्तिका लागि आधा दर्जन विदेशी कम्पनी छनोट

नेपाली नोट छपाई तथा आपूर्तिका लागि आधा दर्जन विदेशी कम्पनी छनोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाई तथा आपूर्तिका लागि विभिन्न ६ वटा अन्तर्राष्ट्रिय मुद्रण कम्पनी छानेको छ । नेपाली बैंक नोटको डिजाइन, मुद्रण र आपूर्तिसम्मको ठेक्का दिने गरी केन्द्रीय बैंकले आधा दर्जन कम्पनीलाई छानेको हो ।

राष्ट्र बैंकका अनुसार भविष्यमा बैंक नोट डिजाइन, प्रिन्टिङ तथा आपूर्ति गर्नुपर्दा सहज हुने गरी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन चाइन, डि ला रुई इन्टरनेशनल लिमिटेड युनाइटेड किङडम, जिइसिकी प्लस डिभिरेन्ट करेन्सी टेक्नोलोजी जर्मनी, ज्वाइन्ट स्टक कम्पनी ‘गेजांङ’ रुस, अविथ्रु फिडिकेयर एसएएस फ्रान्स र पोलिसी सेकुरिटी प्रिन्टिङ ओर्कस पोल्याड लाई छनोट गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि बैंक नोट डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि केन्द्रीय बैंकले १० जनवरी, २०२५ मा अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको थियो । उक्त बोलकबोलमा सहभागि कम्पनीहरुमध्येबाट ६ वटा योग्य कम्पनीहरु छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।  

 

 

सम्बन्धित समाचार