Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइजीआई प्रुडेन्सियलको सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइजीआई प्रुडेन्सियलको सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइजीआई प्रुडेन्सियलको सहयोग

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सहयोग स्वरूप कम्पनीका अध्यक्ष हेमराज ढकालले चाइल्ड हेल्थका अध्यक्ष डा। भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य राजेन्द्रसिंह भण्डारी र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

कम्पनीले प्रदान गरेको उक्त सहयोग रकम काठमाडौँको गोल्फुटार, बुढानिलकण्ठमा निर्माणाधीन बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च गरिने चाइल्ड हेल्थले जनाएको छ। चाइल्ड हेल्थले बालबालिकाका लागि विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल निर्माण गरिरहेको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुण्यकार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै चाइल्ड हेल्थ व्यवस्थापन समूहलाई धन्यवाद दिए। साथै उनले अस्पताल निर्माण शीघ्र सम्पन्न गरी बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनि शुभकामना समेत दिएका छन्।

 

सम्बन्धित समाचार