Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिडिएससिका सेवाहरू केही समयका लागि अवरुद्ध हुने

सिडिएससिका सेवाहरू केही समयका लागि अवरुद्ध हुने

सिडिएससिका सेवाहरू केही समयका लागि अवरुद्ध हुने

काठमाडौँ । सिडिएसले आगामी चैत १ गते दिनको ३.३० बजेपछि आफ्नो एक सर्भरमा प्राविधिक समस्या देखिएपछि मेमोरी रिप्लेसमेन्ट कार्यलाई अघि बढाउने भएको छ। यसका कारण सिडिएससिका शेयर, सि-आस्बा, सि-केवाईसी लगायतका विभिन्न सेवाहरू केही समयका लागि अवरुद्ध हुनेछन्।

सिडिएसले जारी गरेको सूचनामा मेमोरी रिप्लेसमेन्ट कार्यको कारण सेवामा आएको विघ्नलाई व्यवस्थापन गर्नका लागि प्राविधिक टोली कार्यरत हुनेछ। यस प्रक्रियामा सेवामा भएको असुविधाको लागि सिडिएसले ग्राहकहरूबाट सहकार्य र माफी पनि मागेको छ।

सिडिएसका सेवाहरू पुनः सामान्य अवस्थामा फर्केपछि ग्राहकलाई थप जानकारी उपलब्ध गराइने पनि सूचनामा बताइएको छ।

सम्बन्धित समाचार