Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

स्ववियु निर्वाचनका लागि मौन अवधि आज राति १२ बजदेखि सुरु हुँदै

स्ववियु निर्वाचनका लागि मौन अवधि आज राति १२ बजदेखि सुरु हुँदै

स्ववियु निर्वाचनका लागि मौन अवधि आज राति १२ बजदेखि  सुरु हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि ५ गते मतदानको समयसम्म मौन अवधि रहनेछ। उक्त अवधिमा प्रचार प्रसारका कुनै पनि गतिविधि गर्न पाइने छैन।

मौन अवधिमा निर्वाचन विपरीतका कार्य गरेको पाइएमा उम्मेदवारहरूको उम्मेदवारी खारेज सम्म हुनेछ। त्रिवि स्ववियु निर्वाचन कार्य तालिका अनुसार फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म तोकिएको छ। त्यसपछि मौन अवधि सुरु हुनेछ।

देशभरका त्रिविका आंशिक, सम्बन्धन प्राप्त कलेजहरूमा स्ववियु निर्वाचन हुँदै छ। कतिपय कलेजहरूमा विद्यार्थी सङ्गठनहरूबिचको विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन। ती कलेजहरूमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको ।

निर्वाचनको दिन कलेज हाताभित्रमा स्वयंसेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको छ।

सम्बन्धित समाचार