Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

अर्थ प्लस
नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

आज मिति २०८१ चैत्र ६ गते बुधबार नाडाका महासचिव सरुेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराइसंग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलकोक्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धी सुझावहरू पेश गर्नु भएको छ। सो भेटघाट तथा छलफलमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदैआएकोउल्लेख गर्नुभयो।

सोही क्रममा महानिर्देशक भट्टाराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार