Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
अर्थतन्त्र

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

काठमाडौं, ४ फागुन। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको अनुमानित बजेटको आकार घोषणा भएको छ । आज बिहान पत्रकार सम्मेलन गरी अर्थ मन्त्रालयले सो जानकारी दिएको हो। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो। सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ। योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो।

‘अर्धवार्षिक समीक्षामा कति खर्च भयो? अब लक्ष्य कति गर्न सकिन्छ भन्ने कुरा मात्रै समीक्षामा भएको  हो’, उनले भने, ‘तर बजेट कटौती भने भएको छैन।’

सम्बन्धित समाचार