Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

डेलिश डेरिजद्वारा नेपालमा नयाँ स्वादिष्ट उत्पादनहरूको शुभारम्भ

डेलिश डेरिजद्वारा नेपालमा नयाँ स्वादिष्ट उत्पादनहरूको शुभारम्भ

डेलिश डेरिजद्वारा नेपालमा नयाँ स्वादिष्ट उत्पादनहरूको शुभारम्भ

काठमाडौं । नेपालको डेरी उद्योगमा मजबुत उपस्थिति बनाउँदै आएको डेलिश डेरिजले उपभोक्ताका लागि नयाँ स्वादिष्ट उत्पादनहरू बजारमा ल्याएको छ । यसअघि ग्रिक योगर्ट प्रस्तुत गरी नवीनता देखाएको कम्पनीले यसपटक फ्लेवरयुक्त दूध र मिल्कशेकहरू सार्वजनिक गरेको छ, जसले स्वाद र पोषणको उत्तम संयोजन प्रदान गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार, फ्लेवरयुक्त दूधमा केसर र बदामको विशेष स्वाद समावेश गरिएको छ, जसले परम्परागत स्वादको अनुभूति गराउँछ। त्यस्तै, मिल्कशेकहरू विभिन्न आकर्षक स्वादमा उपलब्ध छन्, जसमा हेजलनट चकलेट, बनाना हनी सिनामोन, र कोल्डकफी प्रमुख छन्।

सन् २०१८ मा स्थापना भएको डेलिश डेरिजले उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको छ। कम्पनीले स्थानीय रूपमा उत्पादित ताजा दूधलाई प्रयोग गरी प्राकृतिक सामग्रीहरू समावेश गरेर पोषणयुक्त उत्पादनहरू विकास गर्ने नीति अपनाएको छ।

डेलिश डेरिजका नयाँ उत्पादनहरू

हेजलनट चकलेट : चकलेट र हेजलनटको स्वादको उत्कृष्ट संयोजन।

बनाना हनी सिनामोन : प्राकृतिक मिठासयुक्त बनाना, मह, र सिनामनको सन्तुलित मिश्रण।

कोल्डकफी : ताजगी र ऊर्जा प्रदान गर्ने विशेष कफी स्वाद।

डेलिश डेरिजले उत्पादन प्रक्रियामा उच्चस्तरीय हाइजिन र गुणस्तर मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ । साथै, कम्पनीले स्थानीय किसानहरूको आर्थिक वृद्धि र दिगो विकासलाई ध्यानमा राख्दै उत्पादन प्रणालीलाई सन्तुलित बनाउने लक्ष्य राखेको छ।

डेलिश डेरिजले नेपाली डेरी संस्कृति समृद्ध बनाउँदै उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट उत्पादनहरू उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार