Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काँकडभिट्टाबाट साढ १२ अर्बको पेट्रोलियम आयात, राजस्व बढ्यो

काँकडभिट्टाबाट साढ १२ अर्बको पेट्रोलियम आयात, राजस्व बढ्यो

अर्थ प्लस
काँकडभिट्टाबाट साढ १२ अर्बको पेट्रोलियम आयात, राजस्व बढ्यो

झापा चैत १३ । चालू आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ। 

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थ आयातमा कमी आएको छ।

गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम आयात भएको थियो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम आयात घटे पनि राजस्व बढेको बताए।

चालू आवका आठ महिनामा पेट्रोलिय पदार्थ आयातबाट ६ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ६ प्रतिशतले बढी हो।

गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो।–रासस

सम्बन्धित समाचार