Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

अर्थ प्लस
पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं, चैत १७ । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँका २३ करोड थान नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशन गर्दै नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य बोलपत्र आवेदन माग गरेको हाे । राष्ट्र बैंकले यसअघि नै बोलपत्र आवेदनका लागि योग्य ६ कम्पनीको सूची सार्वजनिक गरेको छ । सोही सूचीमा रहेका ७ कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् ।

चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् छनोट गरेको थियो । ति ६ वटा कम्पनीलाई गोप्य बोलपत्र प्रस्ताव माग भएको हो ।

इच्छुक आवेदकले आगामी १४ मे २०२५ को १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा आइपुग्नेगरी बोलपत्र आवेदन दिन सक्नेछन् । सोही दिन १ बजे बोलपत्र आवेदन दिने संस्थाको प्रतिनिधिको उपस्थितिमा गोप्य शिलबन्दी खोलिने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार