Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

विश्व बैङ्कको २० अर्ब ४० करोड सहयोग स्वीकृत, पूर्वाधारमा खर्च गरिने

विश्व बैङ्कको २० अर्ब ४० करोड सहयोग स्वीकृत, पूर्वाधारमा खर्च गरिने

अर्थ प्लस
विश्व बैङ्कको २० अर्ब ४० करोड सहयोग स्वीकृत, पूर्वाधारमा खर्च गरिने

काठमाण्डौ । विश्व बैङ्कले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयनका लागि २० अर्ब ४० करोड रुपैयाँ प्रदान गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो ।

सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैङ्कको प्रधान कार्यालयले जनाएको छ ।

नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरका साथ अन्य आधारभूत सेवामा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पुलका लागि उक्त सहयोग प्रदान गरिएको विश्व बैङ्कले जनाएको छ । 

साथै बाढीपहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुल जस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैङ्कले जनाएको छ ।  

सम्बन्धित समाचार