Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रदेश सरकारलाई ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट, कुनलाई कति?

प्रदेश सरकारलाई ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट, कुनलाई कति?

अर्थ प्लस
प्रदेश सरकारलाई ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट, कुनलाई कति?

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ । संघीय सरकारले राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा प्रदेशहरुलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

जसअन्तर्गत, सबैभन्दा धेरै कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पाउने अनुमान गरिएको छ । यस्तै, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ पाउने अनुमान छ । सबैभन्दा थोरै भने गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ पाउने छ ।

यता, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, कर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ९७ लाख २५ हजार रुपैयाँ पाउने अनुमान छ ।

सम्बन्धित समाचार