Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
अटो

एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने

काठमाडौँ, फाल्गुण ६ । एमजी (मोरिस ग्यारेज) मोटर्सको ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने भएको छ । 

एमजी नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी कम्पनील गराएको हो । मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन् ।

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ । यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।

पारामाउन्ट मोटर्स यस मर्मतसम्भार अवधिमा आफ्ना ग्राहकहरूको बुझाइ र सहयोगको लागि कृतज्ञता व्यक्त गर्दछ । यी सुधारहरूले अन्ततः एमजीसँगको अनुभवमा ठुलो योगदान पु¥याउनेछन् ।

सम्बन्धित समाचार