Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

‘वित्तीय पहुँच वृद्धि तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य सुधार’ : गभर्नर अधिकारी

‘वित्तीय पहुँच वृद्धि तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य सुधार’ : गभर्नर अधिकारी

अर्थ प्लस
‘वित्तीय पहुँच वृद्धि तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य सुधार’ : गभर्नर अधिकारी

काठमाडौँ । पछिल्लो पाँच वर्षमा नेपालको वित्तीय प्रणालीमा समावेशिता प्रवर्द्धन, ग्राहक संरक्षण तथा वित्तीय पहुँच वृद्धि गर्ने कार्य तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा समेत उल्लेखनीय सुधार भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दाबी गरेका छन् ।

आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम दिन राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले वित्तीय स्थायित्व कायम गर्नका लागि बैंकले विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गर्दै वित्तीय संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै लगेको बताएका हुन् ।

सन् २०१९ को अन्त्यतिर सुरु भएको विश्वव्यापी कोभिड महामारीका कारण अधिकांश आर्थिक गतिविधि प्रभावित भई नेपाल लगायतका विश्व अर्थतन्त्र उल्लेख्य रूपमा संकुचन हुन पुगेको थियो । उक्त महामारीबाट पुनरुत्थान नहुँदै रुस र युक्रेनबीचको तनावका कारण सिर्जित उच्च मूल्यवृद्धिको सामना गर्नुपर्‍यो । यस्तो चुनौतीका बाबजुद यस बैंकले लिएको सजग र समयानुकूल उपयुक्त नीतिगत व्यवस्थाको कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको छ ।

मुलुकको बाह्य क्षेत्र सुदृढ छ । वित्तीय क्षेत्रको पुँजी पर्याप्तता र तरलता नियामकीय आवश्यकताभन्दा माथि, ब्याजदर व्यवसायमैत्री रहनुका साथै कोभिडपश्चात् चुलिएको मूल्यवृद्धि क्रमशः कम हुँदै हाल बैंकले तय गरेको मौद्रिक नीतिको लक्ष्यभित्र नै रहेको गभर्नर अधिकारीले बताए ।

 

सम्बन्धित समाचार