Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल वायुसेवा निगमले ५३ करोडभन्दा बढी ऋण भुक्तानी गर्‍यो

नेपाल वायुसेवा निगमले ५३ करोडभन्दा बढी ऋण भुक्तानी गर्‍यो

अर्थ प्लस
नेपाल वायुसेवा निगमले ५३ करोडभन्दा बढी ऋण भुक्तानी गर्‍यो

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदका लागि लिइएको ऋणमध्ये थप एक किस्ता रकम भुक्तानी गरेको छ। 

निगमले २०८१ सालको चैत्र महिनाको अन्त्यसम्ममा जम्मा रु ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) किस्ता तिरेको जनाएको छ।

प्रवक्ता सुबास डाँगीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणमध्ये दुई न्यारोबडी जहाजको पूर्ण किस्ता तथा दुई वाइडबडी जहाजको आंशिक किस्ताबापत तिरिएको हो।

निगमको वर्तमान व्यवस्थापनले पदभार सम्हालेपछि २०८१ सालको चैत्र मसान्तसम्मको अवधिमा निगमले जम्मा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण किस्ता भुक्तानी गरिसकेको पनि जानकारी गराइएको छ।

यता, विश्वव्यापी कोरोना महामारीका कारण निगमको आम्दानीमा गम्भीर असर परेकाले त्यस अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनाल्टी छुटको लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई विशेष अनुरोध गरिसकेको छ। 

यस सम्बन्धमा छलफल समेत भइरहेको प्रवक्ता डाँगीले बताएका छन्।

सम्बन्धित समाचार