Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आजदेखि २०८१ साल लेखिएको पाँच रुपैयाँका नयाँ नोट बजारमा

आजदेखि २०८१ साल लेखिएको पाँच रुपैयाँका नयाँ नोट बजारमा

अर्थ प्लस
आजदेखि २०८१ साल लेखिएको पाँच रुपैयाँका नयाँ नोट बजारमा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारदेखि पाँच रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नयाँ नोट साविककै आकार र रंगमा भए पनि यसपटक नोटमा २०८१ साल लेखिएको उल्लेख गरेको छ।

नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर तथा नोटको तल्लो भागमा नेपाली अंकमा २०८१ साल उल्लेख गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट पुरानै डिजाईनअनुसार तयार पारिएको भए पनि जारी मिति अनुसार ‘२०८१’ साल लेखिएको नयाँ सिरिज नोट बजारमा पठाइएको हो। नयाँ नोटलाई देशभरका राष्ट्र बैंकका कार्यालय तथा बैंकमार्फत सर्वसाधारणमा वितरण सुरु गरिएको छ।

सम्बन्धित समाचार