Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

३० अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

३० अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

अर्थ प्लस
३० अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

काठमाडौं , वैशाख ३ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नको लागी आज पनि ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । 

राष्ट्र बैंकले निक्षेप सङ्कलन मार्फत ३० अर्ब रुपैयाँ तान्ने भएको छ । आज ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको छ । 

राष्ट्र बैंकले २१ दिनको लागि सो बराबरको निक्षेप तान्ने छ भने वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्ने छन् । बैङ्कहरूले ब्याजदरमा बहुबोलकबोलमा  सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने भएको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्ने छ । 

२१ दिनको लागी बैङ्कहरूलाई सावाँ र व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको  छ । कर्जा निक्षेप अनुपात भने ७९.२७ प्रतिशत छ । 

सम्बन्धित समाचार