Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको छः देउवा

नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको छः देउवा

अर्थ प्लस
नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको छः देउवा

काठमाडौं, वैशाख ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् ।

आज बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए ।

जवाफम सभापति देउवाले गभर्नरको कुरा मिलिसकेको बताएका थिए । ‘यसमा कुरा मिलिसक्यो, मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेँ भनेर सभापतिले जानकारी दिनुभयो’, बैठकका सहभागी एक नेताले भने ।

ती नेताका अनुसार सभापति देउवाले गभर्नरको अडानबाट एमाले पछाडि हटेको सन्देश दिएका थिए । ‘एमालेसँग कुरा मिलिसक्यो । गभर्नरको अडानबाट एमाले पछाडि हटिसक्यो भन्नुभएको छ,’ ती नेताले भने ।

उच्च स्रोतका अनुसार गत सोमबारको एमाले सचिवालय बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरमा अडान छोड्ने संकेत दिएका थिए । ‘कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न’ प्रधानमन्त्री ओलीले एमाले सचिवालय बैठकमा भनेका थिए ।

कांग्रेस र एमालेले अडान नछोड्दा गभर्नर नियुक्त हुन सकेको छैन ।

सम्बन्धित समाचार