Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अर्थतन्त्र लयमा फर्किन थालेको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किन थालेको छ : अर्थमन्त्री पौडेल

अर्थ प्लस
अर्थतन्त्र लयमा फर्किन थालेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं, वैशाख ८ । अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र लयमा फर्किन थालेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन ग्रहण गर्दै पौडेलले यस्तो बताएका हुन् । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेश गरेका थिए।

अर्थमन्त्री पौडेलले पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ति सशक्त पहल गर्दै आइरहेको बताए । उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्र सुध्रिँदै लयमा फर्किन थालेको समेत जिकिर गरे।

‘पछिल्ला दिनमा सरकारले देशको अर्थतन्त्रमा देखा परेका समस्याहरुलाई समाधान गर्नका निम्ती सशक्त पहल गर्दै आइरहेको छ । अर्थतन्त्रका सबै  परिसूचकहरु हेर्नुभयो भने अघिल्लो वर्षको तुलनामा केही सुधारहरु गर्न सकेका छौं ।  अर्थतन्त्र सुध्रिँदै छ । अर्थतन्त्र लयमा फर्किदैछ । ’ अर्थमन्त्री पौडेलले भने ।

साथै, उनले अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ नभइ स्थिरतातर्फ अघि बढेकाले अस्थिरतावादी प्रवित्ति भने यो स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोशिस गरिरहेको  बताए ।

उनले भने, ‘अहिले मुलुक राजनीतिक अस्थिरतातर्फ होइन स्थिरतातर्फ अघि बढेको छ । तर अस्थिरतावादी प्रवित्ति भने स्थिरताका खिलाफमा विभिन्न गतिविधि गर्ने कोशिस गरिरहेका छन् । अस्थिरतावादी, प्रतिज्ञावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सिर्जना भइरहेका छन् । तर अस्थिरता सिर्जना गर्ने कोशिसहरु निकाम हुने छन् । मुलुकले एउटा सुनिश्चत स्थिरताको यात्रा तय गर्नेछ । स्थिरताका निम्ती मात्रै स्थिरताको खोजेका होइनौं, सरकार टिकोस्, रहोस्, चलोस् भन्नका निम्ती मात्रै स्थिरताको खोजी गरेका होइनौं, स्थिरताको उद्देश्य संविधानको रक्षा, संविधानको प्रभावकारिता कार्यान्वयन एवम आर्थिक सामाजिक क्षेत्रमा सुधार, अग्रगामी परिवर्तनकारी सुधार मुख्य उद्देश्य हो ।’

सम्बन्धित समाचार