Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आजको लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य घट्यो

आजको लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य घट्यो

अर्थ प्लस
आजको लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य घट्यो

बुधबार, १० बैशाख २०८२
काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

सम्बन्धित समाचार