Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको अनुमान

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको अनुमान

अर्थ प्लस
नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने विश्व बैंकको अनुमान

काठमाडौं, वैशाख १० । विश्व बैंकले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने भएको छ ।

‘साउथ एशिया डेभलपमेन्ट अपडेट २०२५’ मा नेपालमा आर्थिक वृद्धिदर पहिला प्रक्ष्येपण गरेभन्दा कमजोर हुने उल्लेख छ । ‘ट्याक्सिङ टाइम्स’ शीर्षकको यो अद्यावधिक प्रतिवेदनले वित्तीय प्रणालीको दीर्घकालीन कमजोरी र बाढीपहिरोबाट भएको क्षतिको प्रभावस्वरूप आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.५ प्रतिशत हुने अनुमान गरेको छ । आगामी वर्ष २०८२/८३ (२०२५/२०२६) मा पनि नेपालको वृद्धि ५.२ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय प्रणालीको अस्थिरता, कमजोर कर्जाको स्थिति र गहिरिँदो प्राकृतिक प्रकोपका घटनाले नेपाली अर्थतन्त्रको पुनरुत्थानमा चुनौती थपेका छन् ।’

आर्थिक परिदृश्यमा सकारात्मक पक्ष भनेको विप्रेषण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसले चालु खाता घाटा १२.५ प्रतिशतबाट ३.९ प्रतिशत सरप्लसमा पुर्‍याएको छ, जुन आठ वर्षपछिको पहिलो सरप्लस हो । यसले विदेशी मुद्रा सञ्चिति बढाएर १४ महिनाको आयात खर्च बराबर बनाएको छ ।

सम्बन्धित समाचार