Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

अर्थ प्लस
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

काठमाडौं, वैशाख १० । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधिसभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् ।

‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ,’ उनले भने ।

त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।

सम्बन्धित समाचार