Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

‘लिपमोटर बी१०’ नाइमा अटो शो २०२५ मा अनावरण गरिँदै

‘लिपमोटर बी१०’ नाइमा अटो शो २०२५ मा अनावरण गरिँदै

अर्थ प्लस
‘लिपमोटर बी१०’ नाइमा अटो शो २०२५ मा अनावरण गरिँदै

काठमाडौं । नेपालमा लिपमोटर सवारीसाधनको एक मात्र अधिकृत आयातकर्ता सांग्रिला मोटर्स प्रालिले आगामी नाइमा मोबिलिटी शोमा बहप्रतीक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ ।

२१औँ सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी– अटो सांघाई २०२५ मा अन्तर्राष्ट्रिय रूपमा डेब्यु गरेको बी१० अब विश्वव्यापी बजारमा प्रवेश गर्ने तयारी अवस्थामा छ । तीमध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको छ ।

लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१० वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरूका लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट सम्मिश्रण प्रदान गर्दछ । सो गाडीका विशेषताहरू नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिनेछ ।

सम्बन्धित समाचार