Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्नेछ : देउवा

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्नेछ : देउवा

अर्थ प्लस
आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्नेछ : देउवा

काठमाडाैं, वैशाख १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने स्पष्ट संकेत दिएका छन् ।

कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले निजी क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड भन्दै त्यसको सशक्तिकरणका लागि बजेटमै विशेष ध्यान दिइने बताएका हुन् ।

उनले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा खेलेको भूमिकालाई उल्लेख गर्दै कांग्रेस सधैं निजी क्षेत्रका समस्या समाधानमा तत्पर रहेको बताए । ‘निजी क्षेत्र र सरकारबीच सुदृढ सहकार्य हुन सके अर्थतन्त्र थप बलियो बन्छ,’ देउवाले भने ।

कार्यक्रममा देउवाले नेपाली कांग्रेस सधैं निजी क्षेत्रको पक्षमा उभिएको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र रोजगार सृजनालाई प्राथमिकता दिने गरी बजेट आउने विश्वास दिलाए ।

उनले निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउन नीति तथा कार्यक्रममार्फत सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाइने पनि बताए ।

सम्बन्धित समाचार