Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने अनुमान

चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने अनुमान

अर्थ प्लस
चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने अनुमान

काठमाडौं, वैशाख १७ । चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा १.९८ प्रतिशत थियो।

यसैगरी गरी कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय ५० डलरले बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार