Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

खराब कर्जा व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गर्दै सरकार

खराब कर्जा व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गर्दै सरकार

अर्थ प्लस
खराब कर्जा व्यवस्थापनका लागि छुट्टै कम्पनी स्थापना गर्दै सरकार

काठमाडौं, वैशाख १९ ।  खराब कर्जा व्यवस्थापनका लागि सरकारले छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।

आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रम शुक्रबार संयुक्त सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न लागिएको बताएका हुन्।

‘धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शिता वृद्धि गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने छ, सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिने छ।’

सम्बन्धित समाचार