Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नौ महिनामा १० खर्ब खर्च, साढे आठ खर्ब राजस्व संकलन

नौ महिनामा १० खर्ब खर्च, साढे आठ खर्ब राजस्व संकलन

अर्थ प्लस
नौ महिनामा १० खर्ब खर्च, साढे आठ खर्ब राजस्व संकलन

काठमाडौं, वैशाख २८ । सरकारले चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा साढे आठ खर्ब राजस्व संकलन गरेको छ । तर, उक्त अवधिमा १० खर्ब खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा सरकारले नौ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । तर, राजस्व आठ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब नौ करोड, पुँजीगत खर्चतर्फ एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्चतर्फ दुई खर्ब १७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको हो ।

कर राजस्व सात खर्ब ४४ अर्ब १५ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ ८७ अर्ब २५ करोड रुपैयाँ परिचालन भएको महालेखा नियन्त्रक कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार