Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

अर्थ प्लस
नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। डा.विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि राष्ट्र बैंकले पहिलोपटक मौद्रिक नीतिका समीक्षा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाअनुसार सेयर धितोमा आधारित ऋणका लागि जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको छ। यसका साथै मौद्रिक नीतिमा कर्जाको अवस्था सहज बनाउने र लगानी प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ।

समीक्षामा नीतिगत ब्याजदर ५.० प्रतिशत, निक्षेप संकलन दर ३.० प्रतिशत र बैंक दर ६.५ प्रतिशत कायम गरिएको छ। अनिवार्य नगद सञ्चिति अनुपात र वैधानिक तरलता अनुपात जस्ताको तस्तै राखिएको छ। तर, अब बैंकहरूले दैनिक रुपमा ९० प्रतिशत नगद सञ्चिति कायम गर्नुपर्ने हुन्छ। यसले तरलता व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा राष्ट्र बैंकले लिएको छ।

लगानी वातावरणलाई सहयोग पु¥याउन राष्ट्र बैंकले वैदेशिक विनिमय (नियमन) ऐन, २०१९ र वैदेशिक लगानी तथा प्रविधि स्थानान्तरण ऐन, २०७५ का संशोधनअनुसार वैदेशिक लगानी र ऋणसम्बन्धी नयाँ नियमावली जारी गर्ने तयारी गरेको छ। साथै चेक बाउन्स प्रमाणीकरणसम्बन्धी नयाँ कार्यविधि पनि ल्याइने समीक्षामा जनाइएको छ।

राष्ट्र बैंकले नीति सन्तुलित रहेको बताउँदै आर्थिक गतिविधि, वैदेशकि मुद्राको सञ्चिति र मुद्रास्फितिको अवस्थालाई आधार मानेर आवश्यकताअनुसार समायोजन गरिने जनाएको छ।

सम्बन्धित समाचार