Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भोलि दिउँसो ३ बजे संसद्‌मा बजेट पेश गरिने

भोलि दिउँसो ३ बजे संसद्‌मा बजेट पेश गरिने

अर्थ प्लस
भोलि दिउँसो ३ बजे संसद्‌मा बजेट पेश गरिने

काठमाडौं , जेठ १४ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि (बिहीबार) दिउँसो ३ बजे पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सार्वजनिक गर्दैछन् ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार