बिहीबार, जेठ १५, २०८२
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो ।
जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ ।
