Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय पक्राउ

अर्थ प्लस
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय पक्राउ

काठमाडौं, जेठ १८ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पटकपटक सञ्चालक समिति अध्यक्ष पदमा रहेका राजेन्द्र वीर राय पक्राउ परेका छन्।

उनलाई २५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी लामो समयदेखि फरार थिए।

नेपाल राष्ट्र बैंकको समन्वयमा सिआइबीबाट खटिएको अनुसन्धान टोलीले रायलाई हिजो शनिवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

सल्यान घर भएका भइ हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा बस्दै आएका राय २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार बनेर पराजित भएका थिए।

सम्बन्धित समाचार