Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

ट्रायम्फ नेपालद्वारा एपिक राइडको भिडियो सार्वजनिक गर्दै “म्युजिक नाइट” सम्पन्न

ट्रायम्फ नेपालद्वारा एपिक राइडको भिडियो सार्वजनिक गर्दै “म्युजिक नाइट” सम्पन्न

अर्थ प्लस
ट्रायम्फ नेपालद्वारा एपिक राइडको भिडियो सार्वजनिक गर्दै “म्युजिक नाइट” सम्पन्न

सोमबार, १९ जेठ २०८२
काठमाडौं । ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा “म्युजिक नाइट” आयोजना सम्पन्न गरेको छ। बाइक र संगीतप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उत्साहजनक कार्यक्रम “म्युजिक नाइट” आयोजना गरिएको हो । यस साँझमा १५० भन्दा बढी ट्रायम्फ राइडरहरू, मोटरसाइकलप्रेमीहरू तथा संगीतप्रेमीहरू सहभागी थिए।

कार्यक्रमको मुख्य आकर्षण भनेको “एपिक राइडस् एकोस अफ द लस्ट किङ्गडम” को अफिसियल भिडियो प्रिमियर थियो। यो भिडियोले ट्रायम्फ नेपालको एपिक राइड यात्रालाई समेटेको छ, जहाँ ३८ जना ट्रायम्फ राइडरहरूले ८ दिनमा काठमाडौँदेखि अपर मुस्ताङको ऐतिहासिक ठाँउ लोमान्थाङसम्म करिब १,००० किलोमिटर यात्रा गरेका थिए।

मन्दिर, अग्ला भञ्ज्याङहरू हुँदै मनमोहक दृश्यहरूका साथ गरिएको यात्राका क्रममा खिचिएको भिडियोले साहस, मित्रता र सहकार्य मिश्रित ट्रायम्फ राइडिङ जीवनशैलीलाई गहिरो रूपमा प्रस्तुत गरेको छ । कार्यक्रममा चर्चित ब्याण्ड ‘प्रश्नचिन्ह’ को दर्शक झुमाउने लाइभ प्रस्तुतिका साथै रमाइला खेलहरू, ओपन माइक सेसनहरू पनि भएका थिए जसले ट्रायम्फ राइडरहरूबीच आपसी भेटघाट तथा मनोरञ्जनको राम्रो वातावरण सिर्जना गरेको थियो ।

कार्यक्रमको बारेमा बोल्दै,ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, “म्युजिक नाइट” केवल रमाइलोका लागि मात्र नभएर, ट्रायम्फ राइडरहरूबीचको एकता र आत्मीयताको प्रतीक पनि हो । जब कुनैपनि उद्देश्य प्राप्तिका लागि साहस गरिन्छ तब के प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो ‘एपिक राइड’, र यस्तै साहसी राइड अयोजना गर्न पाउँदा हामी गौरवान्वित छौं ।”

अविस्मरणिय अनुभवमार्फत नेपालमा साहसिक र समावेशी राइडर कम्युनिटी बनाउने उद्देश्यका निम्ती यो “म्युजिक नाइट” एउटा कोशेढुङ्गा बनेको ट्रायम्फ नेपालले जनाएको छ । 

सम्बन्धित समाचार